ताजा समाचार

खाँदबारी नगरपालिकाको आवाधिक योजनाको श्रोत व्यवस्थापन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैँ । खाँदबारी नगरपालिकाले आवाधिक योजना २०७८ कार्यान्वयनका सन्दर्भमा श्रोत व्यवस्थापन सम्वन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
आज शनिबार ललितपुर स्थित एक होटेलमा खाँदबारी नगरपालिकाको आयोजना, स्वीस सरकार प्रदेश सहयोग कार्यक्रमको व्यवस्थापन र खाँदबारी सेवा समाजको व्यवस्थापकिय संयोजनमा आयोजना गरिएको हो ।
खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया,नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गाैतम,नेपाल सरकारका बिभिन्न मन्त्रालयका सचिब, सहसचिब अमेरिकाका लागि नेपालका पुर्व राजदुत डा. अर्जुन कार्की स्विस सरकार प्रदेश कार्यक्रम नेपाल प्रतिनिधि शृष्टी जोशि र कन्सन्ट्यान्ट बिके महर्जन लगाएतको उपस्थिति रहेको छ ।
यस अन्तरक्रिया कार्यक्रमले खाँदबारी नगरपालिकाको समग्र विकासका लागि स्रोत व्यवस्थापनका लागि कोशे ढुङ्गा सावित भएको नगरपालिका प्रमुख खतिवडाले जानकारी दिए ।
यो आवाधिक योजना खाँदवारी नगरपालिका अमुल्य सम्पति हुने र आगामी निर्वाचनबाट आउने नयाँ नेतृत्वले समेत यसलाई प्रभावकारी कार्यान्यन भएमा समृद्द खाँदबारी हाम्रो सपना साकार हुने नगर प्रमुख खतिवडाले बताए ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न २७ ओटा योजना अघि सारिएको छ । योजनाको लागि आवश्यक स्रोत व्यवस्थापनमा केन्द्रीत रहेर स्रोतको पहिचान गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org