माओवादी त्यागेका कर्णालीका सांसद विष्ट एमाले प्रवेश गर्दै
सुर्खेत – कर्णाली प्रदेश सभा सदस्य, माओवादी पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका ठम्मर विष्टले एमाले प्रवेश गर्दैछन् ।
आज दिउँसो वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको वृहत भेला कार्यक्रममा उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेका सांसद गुलाबजंग शाहले जानकारी दिए ।
‘आज हाम्रो सुर्खेतमा वृहत कार्यक्रम रहेको छ’ सांसद शाहले भने, ‘सांसद ठम्मर विष्टलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।’ विष्टलाई नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल पार्टी प्रवेश गराउने कार्यक्रम रहेको शाहले जानकारी दिए ।
विष्टले फागुन २७ गते इमेलमार्फत प्रदेशसभा सचिवालयलाई राजीनामा पत्र पठाएका थिए । शुक्रबार कर्णाली प्रदेश सभाका सभामुख समक्ष प्रदेश सभा सदस्य छोडेको सनाखत गरेका बिष्ट त्यसको ठिक दुई दिन पछाडि नै एमाले प्रवेश गर्ने भएका हुन् ।
बिहीबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले बिष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिए पनि उनले उक्त निर्देशन दिएपनि उनी माओवादीमा एकवद्ध हुन चाहेनन् । विष्टले पार्टीभित्र हुने विकृतिका कारण राजिनामा दिएको बताएका छन् । विष्ट सुर्खेत क्षेत्र नम्वर एकबाट निर्वाचित माओवादीका सांसद हुन् ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...