कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो – प्रचण्ड
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका केही नेताले तुच्छ भाषा बोलेकाे भन्दै मन दुखाएका छन्। तर अहिलेकाे अवस्थामा एमालेसँग चुनावी तालमेल नहुने उनले स्पष्ट पारे।
पोखरामा आइतबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले चुनावी तालमेलबारे सबै सम्भावना खुला रहेकाे बताए।
‘कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो। त्यसैले मैले एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको संकेत गरेको हुँ’, प्रचण्डले भने, ‘तर अहिले एमालेसँग गठबन्धन गर्ने कुरा छैन। यही गठबन्धन कायम रहन्छ।’
उनले माओवादी एक्लै आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको सुनाए। ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल छ। हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन’, प्रचण्डले भने, ‘आफ्नै खुट्टामा उभिने हो। आफ्नै संगठनलाई बलियो पार्ने हो।’
जनताका मुद्दा माओवादीको प्रमुख एजेण्डा भएको भन्दै उनले त्यसैलाई लिएर चुनावमा जाने बताए। उनले निर्वाचन तोकिएकै मितिमा हुने दावी गरे।
‘हुन त नेपालमा चुनावको बिहान पनि हुन्छ कि हुँदैन भनेर शंका गर्छन्। म भन्छु स्थानीय निर्वाचन बैशाख ३० गते नै हुन्छ,’ उनले भने, ‘यसमा दुविधा पाल्नुपर्ने कुनै कारण छैन। चुनावको तयारीमा लाग्न म आग्रह गर्छु।’
संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी अन्तिमसम्म लड्ने प्रचण्डले बताए।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...