ताजा समाचार

शुक्रबार काठमाडौँ आउँदै चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडौँ । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौँ आउने भएका छन्।

नेपाल र चीन दुबै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दैछन्। उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्ने तय भएकाे छ। तय भएको कार्यक्रमअनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौँ आइपुग्ने छन्।

वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठक बस्नेछ।

नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

चिनियाँ विदेश मन्त्री वाङ चैत १३ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org