ताजा समाचार

मन्त्रिपरिषद् हेरफेरको सम्भावना छ : प्रचण्ड

काठमाडौँ  । सत्तारुढ गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै मन्त्रिपरिषद्‍मा हेरफेर हुने तयारी भइरहेको बताएका छन् ।

उनले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरषद्‍‍मा हेरफेर र पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको जानकारी दिएका हुन् ।

मधेस प्रदेशमा मंगलबार आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले भने, ‘मन्त्रिपरिषद्‍मा हेरफेरको कुरा चलेको छ । औपचारिक रूपमा कुरा टुंगिएको छैन । केही हेरफेर हुने कुरा भएको छ । नयाँ मन्त्री आउने सम्भावना छ ।’

मन्त्रिपरिषद्‍मा हेरफेर हुँदा पार्टीलाई हैसियतअनुसारको हिस्सा दिनका लागि प्रधानमन्त्रीलाई भनेको पनि प्रचण्डले बताए । उनले पार्टीले गठबन्धन बचाउनका लागि माओवादीले त्याग गरेको पनि बताए । ‘हामीले जति मन्त्रालय पाउनुपर्ने मन्त्रालय हो त्यो पाउनुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भनेको छु,’ उनले भने, ‘विगतमा प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभयो । माधव नेपालले मैले भर्खर पार्टी बनाएकाले सहयोग गर्नुपर्ने भनेकाले हिजो त्यस्तो भएको हो ।’

प्रचण्डले गठबन्धनका लागि त्याग गर्ने काम माओवादीले मात्रै गरेको पनि बताए । ‘मन्त्रिपरिषद्‍मा हेरफपेर हुने स्थिति आयो भने हैसियतअनुसार मन्त्रालय चाहिन्छ भनेका छौं,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org