करिश्मा एमालेमा प्रवेश गरेपछि ओलीले भने : यो कलाकारको पार्टी हो
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले हरेक दिन ‘हाइट’ बढाउँदै गएको बताएका छन्। मंगलवार नायिका करिश्मा मानन्धर र पूर्व मन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहलाई पार्टी प्रवेश गराउँदै उनले एमालेमा सबै नेताहरु अटाउने बताए।
ओलीले कसैले पनि एमालेमा प्रवेश गरेर पछुटाउन नपर्ने भन्दै भने, ‘देशको स्वाधिनता सुरक्षित हुन्छ भने त्यस्तो स्थितिमा व्यक्तिगत हित सुरक्षित नहुने भन्ने कुरै हुदैँन,’उनले भने।
उनलेले राम्रा कामका लागि दु:ख पाइरहेको छु भन्ने कुराले आनन्द आउने बताएका छन्। राम्रो उद्देश्य लिएर क्रियाशिल छु भन्ने आनन्द एमालेले दिने ओलीको दाबी छ।
‘नेकपा एमालेले अनुचित काम गर्दै गर्दैन। वाइडबडी भ्रष्टचार आफू गर्छन्,’उनले भने,’कहिले कहिले दु:ख हुन्छ हामी जेल पनि बसेका छौं। म चार वर्ष गोल घर बसेको छु।’
आजमात्रै एमाले प्रवेश गरेकी करिश्मा मानन्धर सुप्रसिद्ध कलाकार भएको भन्दै उनले प्रशंसा गरेका थिए। ओलीले मानन्धरले एमालेमा प्रवेश हुनुको कारण बताएको भन्दै तारिफ समेत गरे।
‘नेकपा एमाले नेपाली जनताको पार्टी हो। कलाकारको, साहित्यकारको पार्टी हो। कोही संगीत गर्ने छन् कोही नृत्यकार छन्। सबैको नेकपा एमाले पार्टी हो। यो डाक्टर इन्जिनियरको पार्टी हो,’उनले भने।
हरेक क्षेत्रको समस्या समाधान गर्ने पार्टी एमाले नै दाबी ओलीको छ। ‘सबै क्षेत्र र पेश अपनाउने नेपालीको पार्टी हो एमाले,’ ओलीले भने।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...