ताजा समाचार

एमाले कम्युनिष्टमा मात्र होइन समग्रमा ठूलो पार्टी हो: ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्टहरूमध्ये ठूलो पार्टी मात्र नभई समग्रमा देशको सबैभन्दा ठूलो पार्टी भएको बताएका छन्।

उनले आज केन्द्रीय कमिटी बैठकको सुरूवात गर्दै पार्टी विशेष परिस्थितिमा रहेको बताए।

‘यो बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्नेछ,’ उनले भने, ‘जनपरिचालन कसरी गर्ने यही बैठकले तय गर्नुपर्छ।’

उनले एमालेसँग लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको अनुभव रहेको बताए।

‘एमाले कम्युनिष्टहरूमा ठूलो हो भनिन्छ यो गलत छ,’ उनले भने, ‘हामी समग्रमा ठूलो पार्६ हो। प्रजा परिषद पनि यसमैमा समाहित भएको छ। यो सबै लोकतान्त्रिक आन्दोलनको मुलधार हामी हौं।’

उनले थुप्रै विषयहरू सत्तापक्षिय र जनविरोधी ढंगले प्रचार भइरहेको पनि बताएका थिए। उनले आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा पनि एमालेसँग भएको बताए।

उनले जनताको घरदैलोमा विकास पुर्‍याउने स्थानीय सरकारले भएको बताए। केही ठूला आयोजना मात्रै केन्द्रबाट जाने उनको भनाइ थियो।

उनले एमालेमा पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा ११ लाख सदस्य पुगेको दाबी गरेका थिए।

उनले पार्टीले चुनाव केन्द्रित ‘सिपिएन युएमएल’ नामको एप पनि बनाएको र त्यो बिहीबारदेखि डाउनलोड गर्न सकिने पनि बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org