ताजा समाचार

चीनका विदेशमन्त्री वाङ काठमाडौं आइपुगे

काठमाडौं । चीनका विदेशमन्त्री तथा राज्य परिषद्का सदस्य वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् ।

तीन दिने भ्रमणका लागि उनी उच्चस्तरीय भ्रमण टोलीसहित अपराह्न पौने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

विदेशमन्त्री यीलाई परराष्ट्र सचिव भरतराज पौडेलले विमानस्थलमै पुगेर स्वागत गरे । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै बत्तिसपुतलीस्थित होटेल द्वारिकाजमा प्रस्थान गरेका छन् । शुक्रबार उनको कुनै औपचारिक कार्यक्रम नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

विमानस्थलमा विदेशमन्त्री यीको सुरक्षाको लागि नेपाल प्रहरीको विशेष टोली तैनाथ गरिएको थियो । भोलि शनिबार बिहान उनी शिवपुरीमा हाइकिङ गर्ने र भोलि नै परराष्टमन्त्री खड्कासँग भेट्ने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org