ताजा समाचार

हाइकिङका लागि नागार्जुन निस्किए चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ इ हाइकिङका लागि निस्किएका छन्। शनिवार बिहान उनी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जतर्फ निस्किएका हुन्।

चिनियाँ विदेशमन्त्रीको टोली त्यसतर्फ लाग्दा बालाजु बाइपास क्षेत्रको सुरक्षा कडा पारिएको छ।

शुक्रवार तिन दिने भ्रमणका लागि नेपाल आएका वाङले निकुञ्ज क्षेत्रको भ्रमण गर्ने परराष्ट्र स्रोतले जनायो। यसअघिको भ्रमणमा वाङ चन्द्रगिरी पुगेका थिए।

आजै वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org