ताजा समाचार

१८ गते देउवा भारत भ्रमणमा जाँदै

काठमाडौं। प्रधानमन्त्री शे।रबहादुर देउवा अप्रिल १ (चैत १८) मा भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् । भ्रमण दलमा प्रधानमन्त्री पत्नी आरजू राणा, परराष्ट मन्त्री नारायण खड्का तथा नेपाल सरकारका बरिष्ठ मन्त्री र सचिवहरु रहनेछन्।

भारत भ्रमणका क्रममा देउवाले भारतीय राष्ट्रपति वेंकैया नायडूसँग भेटघाट गर्ने कार्यक्रम छ । २ अप्रिलमा देउवाले प्रतिनिधिमण्डलसहित भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा छलफल गर्ने कार्यक्रम रहको छ।

त्यसैगरी भारतीय विदेशमन्त्री एसजयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित दोभलले प्रधानमन्त्री देउवासँग शिष्टचार गर्ने कार्यक्रम छ । ३ अप्रिलमा नेपाल फर्किनुअघि बनारस भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

यसअघि भाइब्रेन्ट गुजरातमा सहभागी हुने गरी देउवाको भारत भ्रमण तय भएकोमा कोभिड–१९ का कारण स्थगित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org