ताजा समाचार

भ्रष्टाचाररहित, स्वतन्त्र, पारदर्शी र निश्पक्ष न्यायालय हाम्रो प्रतिवद्धता: वरिष्ठ अधिवक्ता अधिकारी

काठमाडौँ । नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको यही चैत १९ गते निर्वाचन हुने तय भएको छ ।
निर्वाचनकै क्रममा आज प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको केन्द्रीय प्रचार कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनका उक्त समूहबाट अध्यक्षका उम्मेद्धवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले न्यायालयको समग्र सुधारका लागि आफ्नो नेतृत्वले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले न्यायापालिकालाई भ्रष्टाचाररहित, स्वतन्त्र, पारदर्शी र निश्पक्ष न्यायका लागि आफ्नो समूहको उम्मेदवारी रहेको र यो समूहले नयाँ प्रवेशी कानून व्यवसायीलाई अवसर दिने र वरिष्ठ अधिवक्तालाई सम्मान गर्ने काम गर्ने बताउनुभयो । पेशागत कानून व्यवसायि समूहका अध्यक्ष भाेजराज अाचार्यले बारका असलि मुद्वा अाफूहरुले वाेकेकाेले चुनाव जित्ने बताउनु भयाे ।
उक्त निर्वाचनमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनमा नौहजार ७०८ जना अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँचहजार ७०० र उपत्यका बाहिर तीनहजार ५०० रहेका छन् । यो वर्ष अन्य पेसामा आवद्ध भएका दुईहजार ५०० कानून व्यवसायीको नवीकरण नभएको बारले जनाएको छ । महासचिवका उम्मेदवार केदारले सत्ता गठबन्धन गरेपनि अाफूहरु बलियाे रहेकाे बताउनु भयाे । उहाले देशव्यापि रुपमा सत्ता गठबन्धन विरुद्व माेर्चा बनेकाे बताउनु भयाे ।
बारको निर्वाचनमा प्रगतिशील र वृहत लोकतान्त्रिकबीच प्रतिस्पर्धा हुने भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे अध्यक्षको उम्मेदवार हुनुहुन्छ । दुवै पक्षले आ आफ्नो पक्षमा मत पार्नका लागि चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org