ताजा समाचार

रेखासँग जम्काभेटपछि बाबुरामले भने- नलाऊ माया दुईतिर भन्नेहरु तीनतिर पो भइयो !

काठमाडौं । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेता र सेलिब्रिटी भेटघाट हुने ‘जक्सन’ बन्न थालेको छ । यस्तो आकस्मिक भेटघाटलाई सेलिब्रिटीले मन माझ्ने थलो पनि बनाउन थालेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अभिनेत्री एवं नेतृ करिश्मा मानन्धर र अभिनेता राजेश हमालबीच गत साता भएको एयरपोर्ट भेट चर्चित रह्यो । यो भेटमा ओलीले हमाललाई क्याजुअल रुपमै भएपनि पार्टीमा आउन भनेको चर्चा छ ।

ओली-हमाल भेट भएको साता नबित्दै सोमबार बिहान विमानस्थलमा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाबीच अचानक भेट भएको छ ।

तीन अलग राजनीतिक विचारधारा भएका यी चर्चित अनुहारको भेटलाई लिएर भट्टराईले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् । उनी लेख्छन्, ‘एयरपोर्टमा पुराना माओवादी सहकर्मीहरु वर्षमान पुन र रेखा थापासँग जम्काभेट । नलाऊ माया दुईतिर…भनेर गीत गाउनेहरु तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।’

कुनै बेला माओवादीमा रहेका यी तीनैजना अहिले भने अलग-अलग राजनीतिक दलमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org