ताजा समाचार

निर्वाचन आयोगले ७९ दललाई बोलायो

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताका विषयमा छलफल गर्न दलहरूलाई बोलाएको छ ।

बिहान  साढे ११ बजेका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

“निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि दलहरूसँग प्रतिबद्धता खोजिएको हो,” प्रवक्ता पौडेलले भने, “स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने प्रयोजनका लागि दर्ता भएका दलहरूलाई बोलाइएको छ ।”  निर्वाचन आयोगमा ७९ राजनीतिक दल दर्ता छन् ।

स्थानीय तह निर्वाचन, २०७९ आउँदो वैशाख ३० गते हुँदै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org