ताजा समाचार

उम्मेदवार सिफारिस गोप्य राख्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यलयले स्थानीय तहका लागि उम्मेदवार सिफारिस गोप्य राख्न भन्दै टेलिफोन गरेको छ ।

केन्द्रबाट नै पाँचदलीय गठबन्धनसहित निर्वाचनमा जाने निर्णय गरेको कांग्रेसले केही समयअघि छिट्टो भन्दा छिट्टो उम्मेदवार टुंगो लगाउन सर्कुलर गरेको थियो ।

सिन्धुपाल्चोकका जिल्ला सभापति जंगबहादुर लामाले केन्द्रीय कार्यालयबाट अहिलेलाई उम्मेदवार भएर आएकाको सिफारिस गोप्य राख्नु र बाँकी सिफारिस अहिले तत्काल नगर्नु भनेको बताए  । उनले भने, `अहिले जहाँ बाट जे आएको छ सबै त्यतिकै राख्नु थप केही प्रक्रिया अगाडि नबढाउनु भनेर टेलिफोन आएको थियो ।`

कांग्रेस केन्दीय कार्यलय स्रोतले टिकट सिफारिस गरेपनि टिकट कसले पायो भन्ने कुरा गोप्य राख्न जिल्ला सभापतिहरुलाई निर्देशन दिएको बताएको छ ।  स्रोतले भन्यो, `सबै प्रक्रिया पूरा गर्नु तर टिकटका बारेमा कतै केही नभन्नु मात्रै भनेको हो ।`

स्थानीय तहको निर्वाचनको मनोनयन गर्ने मिति वैशाख ११ लाई तोकिएको छ । कांग्रेसले वैशाख १ गतेसम्म उम्मेदवार टुंगो लगाउन परिपत्र गरेको थियो । तर तत्काललाई यो प्रक्रियापनि रोक्न भनिएकोलेकांग्रेसले उम्मेदवार टुंगो लगाउन अझै ढिला हुने देखिएको छ ।

कांग्रेसको विधानले वडाध्यक्ष तथा सदस्यको टिकट प्रतिनिधिसभा क्षेत्रीय समिति,गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट जिल्ला संसदीय समिति, नगरपालिका र उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय समिति र महानगरपालिकाको टिकट केन्द्रीय संसदीय समितिले दिने व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org