ताजा समाचार

अभिनेता भुवन केसी पनि काठमाडौंको मेयरमा भिड्दै, चुनाव चिह्न किताब

काठमाडौं । अभिनेता भुवन केसी पनि आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा भिड्ने भएका छन् ।

उनी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा भिड्न लागेका हुन् ।

उन्नत लोकतान्त्रिक पार्टीका अनुसार उनको चुनाव चिह्न किताब हुनेछ । यसअघि एमालेनिकट भनेर चिनिएका अभिनेता केसी उक्त पार्टीबाट चुनाव लड्न लागेका हुन् ।

पछिल्लो समय कलाकाहरु विभिन्न पार्टीमा आबद्ध भइ चुनावी तयारी गरिरहेका छन् । केही समयअघि अभिनेतृ करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org