ताजा समाचार

विप्लव नेतृत्वको नेकपाका नेता प्रकाण्ड निर्वाचन आयोगमा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निर्वाचन आयोग पुगेका छन् ।

प्रकाण्ड केहीबेरअघि आयोगको बहादुरभवनस्थित कार्यालयमा देखिएका हुन् । विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता छैन ।

केही दिनअघि बसेको केन्द्रीय कमिटी बैठकमा स्थानीय चुनावको उपयोग गर्ने वा नगर्ने विषयमा दुईधार देखिएको थियो । चुनावलाई उपयोग गरेर जाने महासचिव विप्लवको प्रस्ताव अल्पमतमा परेको थियो ।

यद्यपि बैठकले चुनावको विपक्षमा पार्टीलाई उभिँदै कोही कसैलाई उम्मेदवारी दिन भने नरोक्ने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org