ताजा समाचार

अर्थतन्त्र जोगाउने प्रयास गर्दैगर्दा गभर्नर निलम्बन गरियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको निलम्बनको विरोध गरेका छन्।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दागर्दै अधिकारीलाई निलम्बन गरिएको बताए।
‘राष्ट्र बैंकको डेपुटी गभर्नर भएको, अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दाखोज्दै निलम्बनमा परेको छ,’ ओलीले भने, ‘धान खाने मुसो चोट पाउने भ्याउत्तो भएको छ।’
ओलीले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको भन्दै आपत्ति जनाए।
हामीलाई थाहा छ न्यायालय कस्तो छ भन्ने,’ ओलीले भने।
ओलीले नियुक्तिहरूमा पनि नातावाद र कृपावाद चलेको बताए। देशमा नातावाद कृपावादको बहस चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्षका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्य नियुक्ति गरिएको ओलीले बताए।
‘यत्रोविधि आन्दोलन गरेका मान्छे छन्, दु:ख पाएका मान्छे छन्, तर नियुक्ति आफन्तले खाइरहेका छन्,’ ओलीले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org