ताजा समाचार

इमरान खान पाकिस्तानको प्रधानमन्त्रीबाट च्यूत

काठमाडाैँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन्।

शनिबार अबेर राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन सकेनन् ।

विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्षमा आवश्यक मत परेको हो।

६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन्।

यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भनेर मतदान प्रक्रिया रोकेका थिए। यस्तै प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेका थिए । तर सर्वोच्च अदालतले दुवै निर्णय बदर गरेपछि शनिबार मध्य रातमा मतदान भएको हो ।

खानले विपक्षी नेतृत्वको सरकारलाई आफूले मान्यता नदिने बताएका छन् । आफूलाई सत्ताबाट हटाउनका लागि अमेरिकाको नेतृत्वमा अभियान चलेको उनले आरोप लगाउँदै आएका छन् । तर त्यसका लागि खानले कुनै प्रमाण भने दिएका छैनन् ।

संसदले अब नयाँ प्रधानमन्त्री नियुक्त गर्ने छ। सोमबार नयाँ नेता छान्नका लागि पाकिस्तानी संसदमा मतदान हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ बन्ने प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्ने छन् । त्यसपछि नयाँ चुनाव हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org