ताजा समाचार

चुनावी तालमेलबारे बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडाैँ । आउने वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका पाँच दलबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा छलफल भइरहेको छ।

गठबन्धनमा सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समावादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन्। जनमोर्चा सरकारमा भने सहभागी छैन।

उनीहरूबीच अहिले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल कहाँ कसरी गर्ने भन्ने विषयमा विस्तृत छलफल भइरहेको हो।

गठबन्धनका शीर्ष नेतासहितको बैठक बिहान ९ बजेपछि सुरु भएकाे हाे।

यसअघि हिजो आइतबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको थियो। जसमा प्रदेश तथा जिल्लाहरूबाट आएका चुनावी तालमेलसम्बन्धी रिपाेर्टबारे छलफल गरिएको थियो।

आजको बैठकमा गठबन्धनकै उच्च स्तरीय राजनीतिक समन्वय समितिका समेत संयोजक रहेका पौडेलले हिजो गरिएको छलफलको ब्रिफिङ गर्ने बताइएको छ। आजको बैठकले सम्भवतः गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँट गर्नेछ। साथै अन्य स्थानीय तहमा के कसरी तालमेल गर्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्ने सम्भावना छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org