सरकारका कारण देश श्रीलंका बन्दै छ : ओली
काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण मुलुक असफल राष्ट्र बन्न लागेको बताएका छन् ।
देशको अर्थतन्त्र बिग्रिएर श्रीलंकाजस्तै बन्न लागेको उनको भनाइ छ ।एमालेनिकट शिक्षक संगठनको राष्ट्रिय सम्मेलनमा आइतबार ओलीले गठबन्धन सरकारको असफलताले केही समयपछि शिक्षक कर्मचारीले तलब पाउन नसक्ने र ज्येष्ठ नागरिकले भत्ता पाउन नसक्ने अवस्था आउन लागेको दाबीसमेत गरे ।
‘अनिष्टको समय छ, देशमा । अनिष्टको समय एमालेका लागि होइन, देशका लागि । अहिलेको अर्थतन्त्र हेर्नुस्, श्रीलंका बन्न जाँदै छ, नेपाल । केही समयपछि तपाईंहरूले तनाखा पाउनुभएन भने अनौठो नमान्नुहोला । तनाखा दिन सक्ने अवस्था छैन । ज्येष्ठ नागरिकले भत्ता पाएनन् भने अनौठो नमान्नुहोला । दिने अवस्थै छैन । योजना आयोजनाहरू काटिएका छन् । गठबन्धनमा लागेकाहरू त देश बर्बाद भए पनि खुसी नै होलान्,’ ओलीले भने, ‘गठबन्धनवालाहरूले देशलाई बर्बाद बनाउँदै छन् । अर्थतन्त्र ध्वस्त भइसक्यो । देश एउटा फेलिएर स्टेटतर्फ जाँदै छ ।’
देश असफल राष्ट्र भएर श्रीलंकामा जस्तै विदेशी डलर नसाटिने अवस्था आउन सक्ने दाबी गर्दै ओलीले देशमा भ्रष्टाचार र अनियमितताले चरम सीमा नाघेको बताए । ‘अहिले नै देशको पैसा बाहिरबाहिरै कारोबार हुन्छ, देशको भुक्तानी बाहिरबाहिरै हुन्छ । यति भ्रष्टताको गठबन्धनवाला, सरकारवालाले बुझेकै छैन,’ ओलीले भने ।
गठबन्धन सरकार मोजमस्तीमा लाग्यो
एमाले फुटाएर कम्युनिस्ट आन्दोलन ध्वस्त पारेर, देशलाई बर्बाद पारेर गठबन्धन सरकार मोजमस्तीमा लागेको उनको आरोप थियो । ‘घरमा आगो लगाए, कहाँ बस्छन् गौँथली घुम्छौ बादलमुनिमुनि माया भन्दै मादल बनाएर गाउँदै छन् । चरी त जहाँ पनि बस्छ, आफ्नो घरमा आगो लगाएका छन्, देशमा आगो लगाएका छन्, मादल लिएर कहाँ बस्छौ गौँथली के होला एमालेको भनेर गाइरहेका छन्,’ ओलीले भने, ‘एमालेको के थियो र चुनाव आएपछि जित्छ, देश चलाउँछ तर यिनको के हुन्छ मलाई चिन्ता, यिनको भन्दा पनि देशको चिन्ता, देश त बर्बाद हुँदै छ, बर्बाद बनाउँदै छ, यो आपराधिक गठबन्धनले ।’
एमाले ढुंगाको काप फोरेर उम्रिन्छ
एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै उनले एमाले ‘ढुंगाको काप फोरेर’ पनि सरकारमा आउने जिकिर गरे । ‘कति दिन राख्न सकिन्छ एमालेलाई बाहिर ?’ उनले भने, ‘ढुंगाको काप फोरेर पनि उम्रिन्छ पीपल । नेकपा एमाले खाली यो चुनावको वर्षायाम पर्खिराखेको छ । चुनाव आयो कि त ढुंगाको काप फोडेर पनि उम्रिन्छ । गठबन्धन केही पनि होइन ।’
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...