ताजा समाचार

गठबन्धनको बैठक बस्दै, मुख्य एजेण्डा स्थानीय निर्वाचन

काठमाडौं । स्थानीय  निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बैठक साँझ ४ बजे बस्नेछ ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने जानकारी दिए ।

बैठकमा स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org