ताजा समाचार

चुनावी तालमेलको मापदण्ड बनाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाडाैँ । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्थानिय तहको निर्वाचनका विषयमा छलफल गर्न अपरान्ह साढे ४ बजेबाट गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् ।
बैठक स्थानिय निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने र चुनावी तालमेलको मापदण्ड बनाउनेबारे छलफल केन्द्रित छ ।
गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org