ताजा समाचार

नेपाल यातयात राष्ट्रिय व्यवसायी महासंघको नेतृत्व चयन

काठमान्डौ। यातयात व्यवसायी राष्ट्रिय महासंघको छाता सङ्गठनको महाधिवेशन सम्पन्र भएको छ।
यातयात व्यवसायी महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर चयन हुनुभएको छ।

महाधिवेशनले उहाँको अध्यक्षतामा ७६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। अध्यक्ष, महासचिव,उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रदेश संयोजक मङ्गलबार नै निर्विरोध निर्वाचित भए पनि वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष, सचिव र सदस्य पदमा भने मतदान भएको थियो।
तीन वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव सरोज सिटौला, ऐनकुमार साई, हरिशरण केसी मत ल्याई विजय हुनुभएको छ। यस्तै, खुला सात उपाध्यक्षमा सानुकाजी प्रजापति, भुवन बराल, रवि रिमाल, डम्बरराज पन्त, रामप्रसाद सुवेदी, जीतबहादुर भारति र राजेन्द्र् रिजाल मत ल्याएर विजय हुनुभएको छ।
यसैगरी, मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ, महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ, महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषध्यक्षमा चेतप्रसाद(अर्जुन) गौतम निर्विरोध निर्वाचित हुनुभएको छ।
यस्तै, सचिवमा आत्माराम थापा, भानुभक्त बराल, किरणकुमार खड्का, वर्गीय संयोजक बसतर्फ सुनिल कँुवर मत ल्याई विजय हुनुभएको छ। वर्गीय संयोजक मिनिबसतर्फ मञ्जयप्रकाश श्रेष्ठ, पर्यटक तर्फ रामसुन्दर परिवार,मालवाहक नवीन प्रजापति, टयाक्सीतर्फ प्रकाश तिवारी, टयाम्पो रामप्रसाद घिमिरे, माइक्रोबसतर्फ नारायणप्रसाद भट्टराई, जिपतर्फ रवीन्द्रमान श्रेष्ठ र हलुका मालवाहकतर्फ चिन्तामणि आर्चय निर्वाचित हुनुभएको छ।
यस्तै, प्रदेश १ को संयोजकमा सरोज श्रेष्ठ, मधेस प्रदेशको संयोजकमा हरिनारायण यादव, बागमति प्रदेश संयोजकमा सुमन गिरी, गण्डकी प्रदेश संयोजकमा केदारप्रसाद पौडेल, लुम्बिनी प्रदेश संयोजकमा सञ्जीजव रोका, कर्णली प्रदेश संयोजकजा रमेशकुमार सापकोटा र सुदूरपक्षीम प्रदेश संयोजकमा टेकराज जोशी निर्वाचित हुनुभएको छ।
मङ्गदबार राति भएको निर्वाचनमा ८१६ मत खसेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org