ताजा समाचार

स्थानीय चुनाव तयारीबारे छलफल गर्न माओवादी बैठक जारी

काठमाडाैँ । स्थानीय तहको चुनावी तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसिरहेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पूर्वस्थायी कमिटी बैठक बसेको हो।

बैठकमा चुनावी तयारी र तालमेलबारे छलफल हुने बताइएको छ।

सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने निर्णय भएपछि कहाँ कसले उम्मेदवार उठाउने भन्ने निर्णय भइसकेको छैन।

माओवादी महाधिवेशनबाट पदाधिकारी चयन नभएकोले प्रचण्डले पूर्वस्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org