ताजा समाचार

सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबन्डा भोलि टुङ्गउने

सत्तारुढ पाँचदलीय गठबन्धनले स्थानिय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलीसम्म टुङ्गो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शिर्ष नेताको बैठकले भोली सोमबारसम्म महानगर र उपमहानगरको भागबन्डा टुङ्गो लगाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भन्योः निर्वाचन तयारी र गठबन्धनका अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय भएको छ।
यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org