ताजा समाचार

निलम्बन खारेजी माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन्।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।

उनका तर्फबाट वकिलहरू आइतबार सर्वोच्चमा रिट दर्ता गराउन पुगिसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org