त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन
काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले सोमबार बिहान अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला र कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर विमानस्थलमा देखिएको समस्याबारे जानकारी लिँदै सुधार्न गर्न निर्देशन दिएका हुन्।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी सहभागी थिए।
प्रवक्ता पोखरेलले सम्वन्धित निकायका प्रमुखहरूलाई बोलाएर समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएको बताए।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्याबारे जानकारी लिँदै सुधार्न गृहमन्त्रीले निर्देशन दिनुभयो,’ प्रवक्ता पोखरेलले भने, ‘विमानस्थलमा रहेका काउन्टरमा भिडभाड हुन नदिने व्यवस्था मिलाउन पनि गृहमन्त्रीको निर्देशन छ।’
गृहमन्त्री खाणले विमानस्थलभित्र रहेका बैंकका एटिएम मिसिन बिग्रिएर यात्रुहरूले दुःख पाइरहेको गुनासो आइरहेको भन्दै तत्काल समस्या समाधानका लागि पनि निर्देशन दिएका थिए।
गृहमन्त्री खाणले तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई सहज बनाउन पनि निर्देशन दिएका थिए।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...