ताजा समाचार

नेपाल एरलाइन्सको नयाँ गन्तवय रियाद

काठमाडौं। नेपाल एरलाइन्सले वैशाखदेखि साउदीमा नियमित उडान सन्चालनमा ल्याउने भएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले यहि वैशाखदेखि साउदी अरबियाको राजधानी तथा ग्लोबल सिटीको रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित उडान तथा व्यवसायिक उडान आरम्भ गर्ने भएको छ।
रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको छ।
निगमले आइतबार एक विज्ञप्तिमार्फत काठमाडौं रियाद काठमाडौं उडान तालिका समेत सार्वजनिक गरेको छ। निगमको उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाई गन्तव्यको रुपमा समेट्न पाउँदा हामी हर्षित र गौरवान्वित भएका छौ र निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग हामी जोडिनेछौ। हाम्रो यात्रा जारी छ प्रतिबन्ध समेत विज्ञप्तिमा व्यक्त गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org