ताजा समाचार

सुधारलाई शंकाको दृष्टिले हेर्दा अप्ठ्यारो हुँदो रहेछ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सुधारका काम गर्न खोज्दा शंका गरिएको बताएका छन् ।

मंगलबार बिहान मिडियासँग अन्तरक्रिया कार्यक्रममा उनले नयाँ कुरालाई स्थापित गर्न असहज भएको अनुभव सुनाए ।

“कुनै पनि सुधारलाई शंकाको दृष्टिले हेर्ने, कुनै पनि कुरा सहजै पचाउन नसक्ने । यसले गर्दा नयाँ गर्न खोज्दा अप्ठ्यारो हुँदो रहेछ,” उनले भने, “मनोनयन गर्न दुई दिन दिने र प्रचारप्रसारका लागि १५ दिनबाट घटाएर ११ दिनमा झारेका छौँ । हामीले जे नयाँ कुरा गर्छौँ, स्थापित गर्न गाह्रो, हम्मेहम्मे पर्दो रहेछ । कहिलेकाहीँ गलत गरेछौँ कि भन्ने लाग्दो रहेछ । तर, साथ–सहयोग सबैतिरबाट छ । तपाईंहरूले समाचार सम्प्रेषण गर्दा न्यायोचित ढंगबाट गरिदिनुहुन अनुरोध गर्दछु ।”

निर्वाचन हुने अघिल्लो दिनसम्म १८ वर्ष पुगेकालाई मतदानमा सहभागी हुन दिने, राष्ट्रिय मान्यताप्राप्त दललाई बाहेक चुनाव चिह्न दिने, स्वघोषणालगायत विषय निर्वाचन आयोगको नयाँ निर्णय हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org