ताजा समाचार

कसैको पुच्छर बनेर हाम्रो पार्टी चुनाबमा जादैन: खनाल

नेपाल एकीकृत समाजवादीका नेता क्षलनाथ खनालले कुनै दलको पुच्छर बनेर आफ्नो पर्टी स्थानिय चुनावमा नजाने बताएका छन्।

झापाको मंगलबार मेचीनगर निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटनपछि खनालले पार्टीको भुमिकालाई नजरअन्दाज गरे गठ्बन्धन अघि बढ्न नसक्ने चेतावनी दिए।
उनले भने , कुनै बहानामा हामिलाई अपमान गरियो भने त्यो सह्य हुनेछैन ।
उनले गठबन्धन नभए एक्लै चुनावी मैदानमा ओर्लिन पनि तयार भएको बताए। उनले भने गठबन्धन पाए बाँच्ने र नपाए मरिहाल्ने अवस्थामा पार्टी नरहेको पनि बताए। उनले एमालेका अध्यक्ष केपी ओलिको आरोपलाई खण्डन गर्दै खनालले भने एमालेको भित्री चाहना निर्वाचन सरोस् भन्ने छ, त्यही चाहना बारम्बार प्रतिबिम्बित भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org