ताजा समाचार

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ: देउवा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको बताएका छन्।

उनले गठबन्धन तोड्न नहुने बताए। ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ,’ नेविसंघको स्थापना दिवसमा आज सम्बोधन गर्दै देउवाले भने, ‘तर गठबन्धन तोड्न हुन्न।’

उनले पाँचदलीय गठबन्धनबाट आफू प्रधानमन्त्री भएको र यो गठबन्धन चुनावसम्मै लैजाने बताए। गठबन्धनमा रहेका दलहरूलाई चुनावमा उचित स्थान दिनुपर्ने उनले बताए।

‘कांग्रेस ठूलो पार्टी छ धेरै सिट लिनुस्। हामीलाई पनि केही सिट दिनुस् भनेका छन्,’ देउवाले भने, ‘उनीहरूलाई पनि स्थान दिनुपर्छ। गठबन्धन बचाउनुपर्छ।’

विगतमा एमाले र माओवादी मिल्दा कांग्रेस हारेको भन्दै गठबन्धन आवश्यक रहेको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org