ताजा समाचार

एमालेले टुंगो लगायो महानगर र उपमहानगरपालिकाको मेयर उपमेयर (नामसहित)

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले महानगर, उपमहानगरपालिकाको मेयर उपमेयर टुंगो लगाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले काठमाडौंबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै, एमालेले ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, नेपालगञ्ज, इटहरी, धरान, बुटवल,तुलसीपुर, घोराही लगाएतको उम्मेदवार टुंगो लगाएको हो ।

यी हुन उम्मेदवार:

महानगरपालिका-
काठमाडौँः प्रमुख– केशव स्थापित
उपप्रमुख– सुनिता डंगोल

ललितपुरः प्रमुख– हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख– मञ्जली शाक्य बज्राचार्य

पोखराः प्रमुख– दीपक पौडेल
उपप्रमुख– मञ्जु देवी गुरुङ

भरतपुरः प्रमुख– विजय सुवेदी

वीरगञ्जः प्रमुख– विजय सरावगी

उपमहानगरपालिका-

इटहरीः प्रमुख– यमकुमार सुब्बा र उपप्रमुख– संगीता चौधरी

धरानः प्रमुख– मञ्जु भण्डारी र उपप्रमुख पदम लिम्बु

हेटौंडाः प्रमुख– अनन्त पौडेल र उपप्रमुख सुमित्रा काफ्ले

कलैयाः प्रमुख विनोद साह

बुटवलः प्रमुख बाबुराम भट्टराई र उपप्रमुख सावित्रादेवी अर्याल

तुल्सीपुरः प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी

घोराहीः प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमा डीसी

नेपालगन्जः प्रमुख पशुपतिदयाल मिश्र र उपप्रमुख शान्तिदेवी ढकाल

धनगढीः प्रमुख रणबहादुर चन्द र उपप्रमुख चन्द्रकला राना थारु

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org