ताजा समाचार

विप्लवले गरे सुदर्शन र कञ्चनलाई अनिश्चितकालसम्मका लागि पदमुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई पदमुक्त गरेका छन् ।
विप्लवले दुबै नेताहरुलाई पार्टी विधान विपरि काम गरेको भन्दै अनिश्चितकालसम्मका लागि पदमुक्त गरेका छन् । विप्लवले उनीहरुलाई फुटपरस्त गतिविधि गरेको आरोप लगाउदै जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।’
विप्लवले सुदर्शन र कञ्चनलाई अराजक, अवसरवादी र विचलनवादी रहेको आरोप समेत लगाएका छन् । हालै सुदर्शनले एक टेलिभिजन अन्तरवार्तामा विप्लवले विभिन्न संस्थामा लगानी गरेको र विलासी जीवनशैली अपनाएको आरोप लगाएका थिए ।
साथै बास्तोलाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनीयुक्त वक्तव्य निकालेका थिए ।
विज्ञप्तिः
No description available.

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org