ताजा समाचार

महासङ्घ स्थापना दिवसमा रक्तदान

काठमाडाैं। नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको २९औँ स्थापना दिवसका अवसरमा रेडक्रस सोसाइटीसँगको समन्वयमा आज वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

महासङ्घले बुधबार पत्रकारहरूको निःशुल्क आँखा परीक्षण र आज रक्तदानसँगै मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।

महासङ्घ शाखा अध्यक्ष ललित बसेलले १२ पत्रकारले रक्तदान गरेको जानकारी दिनुभयो । उहाँका अनुसार रक्तदान गर्ने पत्रकारमा सुशील खड्का, ललित बुढा, टेकेन्द्र विश्वकर्मा, पुनम बिसी, दीपक बुढा, विनोद लम्साल, सिर्जना बुढाथोकी, वीरबहादुर रावत, रमेश शाही, मालती विक, लिलिता विक र हिमा उपाध्याय हुनुहुन्छ ।

दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टिम विजयी भएको छ । कर्णाली खेलकुद परिषद्को टिमलाई हराउँदै पत्रकारको टिम विजयी भएको हो । पहिलो खेलमा जित निकालेको परिषद्ले लगातार दोस्रो र तेस्रो सेटमा हार व्यहोरेको थियो ।

अध्यक्ष बसेलले महासङ्घ तीनदिने कार्यक्रमअन्तर्गत भोलि (शुक्रबार) पत्रकार अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org