ताजा समाचार

कर घटाएर दायरा बढाउने कोइरालाको प्रतिबद्धता

काठमाडाैं । नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ ।

कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए। उनले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव मागेका थिए ।
करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको भन्दै उनले भने, “म भ्रष्टाचार गर्दिन । अरुलाई पनि गर्न दिन्न ।”

कोइरालाले सडक निर्माण, शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाइ आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उल्लेख गरे । कर वृद्धिले मुलुकको अर्थतन्त्रमा पारेको समस्याबारे उद्योगी एवं व्यवसायीले आ–आफ्नो धारणा राखेका थिए ।

छलफल कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइराला, विमलेन्द्र निधि र महेश आचार्य पनि सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org