तारकेश्वरमा ‘एक घर, एक धारा’ अभियान
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिने भएको छ । काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले सबै नगरवासीलाई शुद्ध खानेपानी पु¥याउने उद्देश्यले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्न लागेको हो ।
नगरप्रमुख कृष्णहरि महर्जनले तारकेश्वर नगरभित्रका सबै घरमा पानीसहितको ‘एक घर, एक धारा’ जडान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको राससलाई जानकारी दिए ।
यस्तै, नगरले आफ्नो आयश्रोतलाई वृद्धि गर्न करको दायरालाई फराकिलो बनाएर लैजाने बताएको छ । कतिपय सेवाग्राही हालसम्म पनि करको दायरामा नआएकाले केही शीर्षकमा कर छुट गरेर करको दायरालाई फराकिलो बनाउने नीति लिइएको नगरप्रमुख महर्जनले बताए ।
यसैगरी, नगरको पहिलो कार्यपालिका बैठकले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउने निर्णय गरेको छ । नगरभित्र २१ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।
नगरमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि तारकेश्वर नगरले आफ्नो हाताभित्रै बैंकिङ सुविधासमेत प्रदान गरेको छ । काठमाडौँको साविक साङ्ला, जीतपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर नगरपालिका बनाइएको तारकेश्वरमा ११ वडा छन् ।
उक्त नगरमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहमा नगरप्रमुखमा कांग्रेसका महर्जन र उपप्रमुखमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटी निर्वाचित हुनुभएको थियो ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...