आँप खेतीप्रति किसान आकर्षित
काठमाडौं । धनुषाको मिथिला नगरपालिकाका किसान रमेश महतोले आँप खेतीबाट राम्रो आम्दानी गरेका छन् । करिब एक बिघा क्षेत्रफलमा लगाएको आँपको बगैँचामा उत्पादित आँप बिक्री गरी यसवर्ष मात्र रु पाँच लाखभन्दा बढी कमाउन उनी सफल भएका छन् ।
आँप खेतीबाट राम्रो आम्दानी भएपछि महतो उत्साहित छन् । “एक वर्षमै रु पाँच लाखको आँप उत्पादन हुन्छ, भन्ने विश्वासै थिएन्, तर उत्पादन बढ्ेपछि उत्साहित भएको छु”, महतोले भने, “अब थप एक बिघा जग्गामा आँपको बोट लगाउने सोच बनाएको छु ।” निम्न मध्यवर्गीय परिवारका महतोले आँप खेतीबाट राम्रो आम्दानी हुन थालेपछि आफ्नो आयस्तरमाथि उठेको उनी बताउछन् । आँप खेतीबाटै आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाउँदै आएको महतोको भनाइ छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका–८ श्रीपुुरका जगदीश चौधरीले पनि यसवर्ष आँप खेतीबाट करिब रु नौ लाख कमाइ भएको सुनाए। विगत एक दशकदेखि व्यावसायिक रुपमा आँप खेती गर्दै आएका चौधरीले आँप खेतीकै कमाईबाट पक्की भवन बनाउनुका साथै कुटानीपिसानी गर्ने मिलसमेत खरिद गरेका छन् ।
“अहिले आँपको बगैँचा लगाइएको तीन बिघा जग्गामा पहिला धानबाली लगाउँदै आएको थिएँ”, चौधरीले भने, “धानबालीमा लगानीअनुसारको फाइदा हुँदैन्थ्यो, त्यसैले धानबाली लगाउने खेतमै आँपको बगैँचा लगाएको छु, अहिले आँप खेतीबाटै वर्सेनि राम्रै आम्दानी भइरहेको छ, यसबाट सन्तुष्ट छु ।”
लहान नगरपालिका–१५ ढोढनाका अशोक चौधरीले यसवर्ष आँप राम्रै फलेको बताए । रमेश, जगदीश र अशोक मात्र होइन्, धनुषा, सिरहा र सप्तरीका किसानले आँप खेतीलाई मनग्य आम्दानी गर्ने माध्यम बनाएका छन् । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको श्रीपुर गाउँ आँप खेतीको लागि प्रख्यात छ । सो गाउँमा प्रायः सबैको घरमा आँप बिक्रीबाटै चल्छ ।
पूर्व–पश्चिम राजमार्गको आसपास क्षेत्रमा पर्ने सप्तरीको सीतापुर, घोघिदाहा, महुली, कल्याणपुर, सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैया, कर्जन्हा, बन्दीपुर, धनुषाको वीरेन्द्रबजार, गोदार, ढल्केबरलगायत स्थानमा बढी आँप उत्पादन हुने गरेको छ ।
सप्तरी, सिरहा र धनुषामा उत्पादन हुने आँप काठमाडौँ, पोखरा, बुटवलका साथै भारतीय बजारमा बिक्रीका लागि लैजाने गरिन्छ । किसानले बम्बई, मालदह, दसहरी, कलकतियालगायत प्रजातिका आँप बढी उत्पादन गर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...