ताजा समाचार

स्थानीय तह मध्ये थुलुङदुधकोशीको सबैभन्दा कम बेरुजु

काठमाडाैं । जिल्लाको आठ स्थानीय तह मध्ये सबै भन्दा कम बेरुजु थुलुङदुधकेशी गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आथिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा सबैभन्दा बढी माप्यदुधकोशी गाउँपालिकाको र सबैभन्दा कम थुलुङदुधकोशी १.४५ प्रतिशत बेरुजु देखिएको छ ।

प्रतिवेदन अनुसार माप्यदुधकोशीको रु.६३ करोड ४० लाख ६ हजारको लेखा परीक्षण गर्दा रु.५ करोड ९३ लाख ३० हजार अर्थात ९.३६ प्रतिशत बेरुजु देखिएको छ । थुलुङ दुधकोशीको रु.१ अर्ब ४ करोड १२ लाख ५० हजारको लेखा परीक्षण गर्दा रु.१ करोड ५१ लाख ४७ हजार अर्थात १.४५ प्रतिशत बेरुजु देखिन्छ ।

यस्तै कोशीपारीको गाउँपालिका महाकुलुङको रु.७१ करोड १८ लाख ८० हजारको लेखा परीक्षण गर्दा रु.२ करोड २१ लाख १० हजार अर्थात ३.११ प्रतिशत रकम बेरुजु छ भने जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डको रु. १ अर्ब ४१ करोड ४६ लाख ७३ हजारको लेखा परीक्षण गर्दा रु.३ करोड २८ लाख ४९ हजार अर्थात २.३२ प्रतिशत रकम बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सोताङ गाउँपालिकाको रु.६८ करोड ६५ लाख ५२ हजारको लेखा परीक्षण गर्दा रु.५ करोड ३२ लाख ५२ हजार अर्थात ७.७६ प्रतिशत बेरुजु देखिदा खुम्बु पासाङ ल्हामु गाउँपालिकाको रु. ६५ करोड ८३ लाख १३ हजारको लेखा परीक्षण गर्दा रु. ४ करोड १५ लाख ६६ हजार अर्थात ६.६१ प्रतिशत रकम बेरुजु छ ।

उता लिखुपिके गाउँपालिकाको रु. ५० करोड ८१ लाख ९१ हजारको लेखा परिक्षण गर्दा रु.२ करोड ६९ लाख ९५ हजार आर्थात ५.३१ प्रतिशत रकम बेरुजु देखिएको छ । नेचासल्यान गाउँपालिकाको रु. ९१ करोड १२ लाख ९१ हजारको लेखा परीक्षण गर्दा रु.२ करोड ९८ लाख ८१ हजार अर्थात ३.२८ प्रतिशत रकम बेरुजु देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org