विद्यार्थीको पहिलो रोजाइमा विराटनगरको एभरेष्ट कलेज
काठमाडाैं । अत्याधुनिक प्रविधिबाट अध्यापन गराउदै आएको विराटनगरको एभरेष्ट कलेज विद्यार्थीको पहिलो रोजाई बन्दै गएको छ ।
ज्ञान, सीप, प्रविधि र संस्कारलाई व्यवहारमा उतार्दै अध्यापन गराउदै आएको एभरेष्ट कलेज आम विद्यार्थी र अभिभावकको पहिलो रोजाइको कलेज बन्न सफल भएको छ ।
एजुकेशन फाउण्डसेन मातहतमा सञ्चालन भएको एभरेष्ट स्कुल मात्र नभएर कलेजपनि पहिलो रोजाई बन्न थालेको हो ।
तीन विगाह क्षेत्रफलमा अत्याधुनिक संरचनाले भरिपूर्ण एभरेष्ट कलेज शान्त तथा पर्यावरणीय हिसावले पनि अब्बल देखिन्छ । हरियाली तथा फुलबारी, परिसर भित्र रहेका फुटबल, भलिबल मैदान, बास्केटबल कोर्ट, कबर्डहल तथा अन्तर्राष्ट्रियस्तरको स्वीमिङपुलले नव आगन्तुक विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने गरेको विद्यालयले जनाएको छ ।
विद्यार्थीका रुचिअनुसारका जुनसुकै खेलकुदका गतिविधिमा सहभागि हुने वतावरण मात्र नभई नियमित प्रशिक्षकबाट प्रशिक्षणको व्यवस्था मिलाएको एभरेष्ट कलेजले शिक्षण सिकाईमा पनि नवीन प्रयोगहरु गर्दै आएको छ ।
विद्यार्थीलाई घोकाएर नभई बुझाएर अध्यापन गराउनुपर्छ भन्ने मान्यता राख्ने कलेजका प्रमुख टिकाराम पुरीले प्रविधिको यस युगमा विश्वस्तरीय जनशक्ति उत्पादन गर्न प्रविधिको अधिकतम प्रयोग गर्ने वातावरण बनाइएको बताए । हरेक कक्षाकोठामा प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाई गरिन्छ । यस्तै हरेक विषयवस्तुको अनिवार्य प्रयोगात्मक सिकाईलाई विशेष प्राथमिकता दिने गरेको छ ।
२०७२ सालबाट शुरु भएको कलेजले विज्ञान र व्यवस्थापन संकायको अध्ययापन गराउँदै आएको थियो । यस वर्षदेखि भने कानुन र होटल मेनेज्मेन्टसमेत अध्ययापन गराउने भएको छ ।
कलेजको प्रारम्भमा नै व्यवस्थापनसंकाय तर्फ पहिलो ब्याचका रुपमा सुनिधि केसी नेपाल प्रथम भएकी थिइन् । सोहि वर्ष विज्ञान संकाय तर्फ अनिश भण्डारी प्रदेश उत्कृष्ट भए ।
दोस्रो ब्याचमा पनि कलेजकी आगात पोखरेल प्रदेश प्रथम भएकी थिइन् ।
२०७५ सालमा देशभरकै संस्थागत विद्यालयबाट उत्कृष्ट दोस्रो हुँदै नेपाल सरकारबाट पुरस्कृत भएको एभरेष्ट कलेजलाई राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा मन्त्रालयले प्रदान गर्ने पुरस्कार तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरेका थिए ।
‘राज्यबाट नै नगद २ लाख, राष्ट्रिय ध्वँजा, शिल्ड र प्रमाणपत्रले सम्मानित भएपछि यसको गरिमा कायम राख्न हामीले कुनै कन्जुस्याईं राखेनौं’, पुरीले भने, ‘हामीले परम्परागत शिक्षण सिकाईलाई विस्थापित गर्दै नविनतम प्रयोगहरुलाई आत्मसाथ गर्दै अघि बढेका छौं ।’
अहिले एभरेष्टका सयौं विद्यार्थी, डाक्टर, इन्जिनियर, कानुनलगातयका क्षेत्रमा अब्बल भएको सुन्न पाउँदा अत्यन्तै खुसी लाग्ने उनले बताए ।
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...