बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान
काठमाडाैं । पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न रु २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा बिहीबार आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई रु पाँच लाखका दरले अनुदान विरतण गरेका हुन् ।
‘मेयरमैत्री बाख्रापालन प्याकेज’ कार्यक्रमअन्तर्गत महानगरले बर्सेनि बाख्रापालक कृषक तथा कृषक समूहलाई अनुदान तथा सहयोग रकम प्रदान गर्दै आएको छ । यस वर्ष अनुदानप्राप्त गर्ने कृषक समूहमा मिलीजुली बाख्रापालन कृषक समूह पोखरा–१३ आर्वा, सराङकोट बाख्रापालन समूह पोखरा–१८, लगनशील बाख्रापालन कृषक समूह पोखरा–३२ र बेगनास बाख्रापालन समूह पोखरा–३१ छन् । अनुदानबाट प्रत्यक्षरूपमा एक सयभन्दा बढी कृषक लाभान्वित भएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताए ।
कार्यक्रममा मौजा हिल लाइभस्टक फार्म पोखरा–२० का कृषक दुर्गा बहादुर गुरुङलाई पोखराका विभिन्न स्थानलाई बाख्रापालनको पकेट क्षेत्रका रूपमा विकास गर्न तथा कृषकलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेखनीय योगदान गरेवापत ‘सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मानबाट पुरस्कृत गरिएको थियो ।
यसैगरी पोखरा महानगरपालिकाभित्र रहेका १७ उत्कृष्ट कृषि फार्मलाई पनि सम्मान गरिएको छ । सम्मानित कृषकका प्रत्येक फार्ममा एक सय बढीको सङ्ख्यामा बाख्रा पालिएका छन् । कार्यक्रममा महानगर प्रमुख आचार्यले आगामी पाँच वर्षभित्रमा महानगरपालिकालाई तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाइने बताए ।
कृषकलाई निर्वाहमुखीभन्दा पनि व्यवसायीकरणमा जोड दिँदै उनले महानगर कृषकको साथमा रहेको विश्वास दिलाए । कृषि उपजको ढुवानी तथा बजारीकरणका लागि शीतभण्डारसहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...