राजधानीका सम्बन्धमा कसैसित सम्झौता हुँदैन : प्रमुख कोइराला
काठमाडाैं । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन् । न्यूज नेपालसँगको कुराकानीमा उनले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
स्थायी राजधानीका संरचना निर्माण गर्न भन्दै प्रदेश सरकारले जग्गा खोजीका लागि समिति गठन गरेको छ । प्रमुख कोइरालाले विराटनगर महानगर क्षेत्रभित्रै राजधानीका लागि आवश्यक पर्ने सबै भौतिक संरचना निर्माण हुनुपर्नेमा जोड दिँदै भने, “धेरै संरचना निर्माण भइसकेका छन्, प्रदेशका संरचना निर्माणका लागि जग्गा आवश्यक परे महानगरले उपलब्ध गराउँछ ।”
वृहत्तर विराट क्षेत्रको अवधारणालाई आधार मानेर प्रदेश सरकारले विराटनगरलाई राजधानी तोकेको थियो । जसले विराटनगरभन्दा बाहिर पनि राजधानीका संरचना निर्माण गर्न सक्ने अवस्था छ । वृहत्तर विराट क्षेत्रले १८ पालिका समेटेको छ । प्रदेश सरकारले औपचारिकरूपमा महानगरलाई जग्गाका लागि आग्रह गरे उपलब्ध गराउन तयार रहेको प्रमुख कोइरालाको भनाइ छ ।
“अहिलेसम्म प्रदेश सरकारका तर्फबाट राजधानीका लागि भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन भनेर औपचारिक एउटा पनि पत्र आएको छैन”, प्रमुख कोइरालाले भने, “औपचारिक कार्यक्रममा भेटेका बेला लु जग्गा उपलब्ध गराइदिनुहोस् भनेर त भएन नि, सबैको आफ्नै विधि र विधान हुन्छ । महानगरमा औपचारिक पत्र आए छलफल गरेर जग्गा उपलब्ध गराउँछौँ ।”
राजधानीका संरचना एकै ठाउँ हुनुपर्नेमा उनको जोड छ । एउटै कम्पाण्डभित्र संसद्सहित सबै मन्त्रालय भए काम गर्नसमेत सहज हुने उनको बुझाइ छ । “मन्त्रालयहरू छरिँदा संसद् सञ्चालनमा समेत समस्या आउनेछ”, प्रमुख कोइरालाले बताए, “एकजना मन्त्री संसद्मा उपस्थित नभई संसद् सञ्चालन हुँदैन, टाढाबाट मन्त्री आउँदा समय पनि खेर जान्छ । एउटै पर्खालभित्र संसद्, मुख्यमन्त्री र अन्य मन्त्रालय भएमा जनतालाई मात्रै होइन, प्रदेश सरकारलाई पनि सरकार सञ्चालनमा सहज हुन्छ ।”
राजधानीका संरचना छरिँदा प्रदेशमाथि व्ययभारसमेत थपिने भन्दै प्रमुख कोइरालाले राजधानी भनेको अंशवण्डा गरेजस्तो होइन, धेरैतिर संरचना छरिँदा मन्त्रालयबीच समन्वयको अभाव हुन्छ, प्रदेशसभा र मन्त्रिपरिषद् कार्यालय आउँदा र जाँदा समय बर्वाद हुन्छ । इन्धन खर्च बढ्छ, हामीले एउटा कोणबाट मात्रै हेरेर भएन सबै कोणबाट हेर्नुपर्ने बताए ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...