ताजा समाचार

काठमाडौंकाे कोटेश्वरमा रहेकाे ट्रस्ट हटाउदै

काठमाडौं । काठमाडौं महानगरले काठमाडौको कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा रहेकाे ट्रस्ट हटाउने भएको छ । आज बिहीबारकाे दिन बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ ।

त्यसतै, दिउँसोसम्म न हटाए महानगर आफैले हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

आज दिउँसो नै ट्रस्ट भत्काउने उनले बताएका छन् । नक्सा पास बिना सडक नै ढाकेर ट्रस्ट बनाएकोले भत्काउन लागेको पाण्डेले बताएका छन् ।

यसअघि, महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्ड पार्किमा सञ्चालित पसलहरु, काठमाडौं मल, आरबी कम्पलेक्स, रञ्जना गल्लीलगायत क्षेत्रका अनधीकृत संरचना हटाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org