ताजा समाचार

ट्रक दुर्घटनामा २ जना घाइते

काठमाडौं । दक्षिणकाली नगरपालिका-८ छैमलेको शीतलचोकमा बा.प्र.-०१-००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना भएकाे छ । दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले बताएको छ ।

शुक्रबार राति फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक साढे ८ बजे आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सख्त घाइते भएका छन् ।

घाइते भएका दुवै जना पुरुषको उद्धार गरि मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जनाको पहिचान नभएको प्रहरीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org