ताजा समाचार

पानामामा डुङ्गा दुर्घटनामा परि ज्यान गुमाएका काले गिरीका परिवारको लागि सहयोग अपिल

विना भिसा अमेरिका आउने यात्रामा रहेका प्युठान ४ खवाङका काले गिरीको पानामामा डुंगा दुर्घटनामा मृत्यु भएको छ । अक्टोबर १३ मा भएको डुंगा दुर्घटनामा ३ जना नेपालीहरु बेपत्ता भएकोमा त्यसमा गिरी पनि परेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।डुंगामा ३१ जना सवार रहेकोमा २५ जनाको उद्दार गरिएको थियो भने ६ जना बेपत्ता भएका थिए । उद्दार गरिएका एकजनाको पछि मृत्यु भएको थियो भने बेपत्ता ६ जनामा तीनजना नेपालीहरु र तीनजना दक्षिणी अमेरिकीहरु रहेको जनाइएको छ । तीनजना नेपालीहरुमध्ये अन्य २ जना रुकुमका २५ बर्षीय प्रदीप खत्री र ४० बर्षीय रमेश गौतम रहेका छन् ।
३५ बर्षीय काले गिरी विना भिसा अमेरिका आउने यात्राका लागि झण्डै १५ महिना अगाडि नेपालबाट हिडेका थिए । दलाललाई लाखौं रकम बुझाएर उनी अमेरिका आउने यात्रामा रहेका थिए । उनका नेपालमा ४ जना छोराछोरीहरु र श्रीमति रहेका छन् ।
जेठा छोरा १७ बर्षका रहेका छन् भने तीन छोरीहरु १५, १४ र १२ बर्षका रहेका छन् । अमेरिका आउनका लागि लाखौं रकम खर्च भएको तथा परिवारमा कमाउने अरु व्यक्ति नभएका कारण आर्थिक समस्या रहेको भन्दै गोफण्डमीमा आर्थिक सहयोगको अपिल गरिएको छ ।सहयोगको लागि यो लिंकमा क्लिक गर्नु होला

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org