ताजा समाचार

प्रतिनिधिसभाको समानुपातिकतर्फ कसकाे कति मत ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न संघीय निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पर्टी, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एकीकृत समाजवादी पार्टीलाई थ्रेस होल्ड कटाउन हम्मे परेको छ । यस पार्टीले २ लाख ८२ हजार ६०६ मत मात्रै प्राप्त गरेको छ । एमालेले २७ लाख ९९४  मत प्राप्त गरेर अग्रता कायमै गरेको छ। नेपाली कांग्रेस २५ लाख ५९ हजार  ८४मत ल्याएर दोस्रो र माओवादी केन्द्रले ११ लाख ४५ हजार ३४५ मत ल्याउँदै तेस्रो स्थानमा छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार ६४७ मत प्राप्त गरेर चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार १४३, जनता समाजवादी पार्टी, नेपालले ३ लाख ९६ हजार ४५१, जनमत पार्टीले ३ लाख ५९ हजार ८८८ र नेकपा (एकीकृत समाजवादी)ले २ लाख ८२ हजार ६०६ मत प्राप्त गरेको छ । खसेको सदरमतको ३ प्रतिशत मत ल्याउनेको थ्रेस होल्ड कट्छ भने प्रत्यक्षतर्फ पनि कम्तीमा १ सिट जितेको हुनुपर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org