ताजा समाचार

विजयोत्सवमा ढुंगामुढा गरेपछि दुहबी तनावग्रस्त

दुहबी । सुनसरीको दुहबी आज (बुधबार) दिनभरि तनावग्रस्त भएको छ । एमालेले निकालेको हजारौं सहभागी विजय जुलुसमाथि ढुंगामुढा भएको छ। जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका ९ स्थित छाताबेलीमा ढुंगामुढा गर्ने र जुलुसमा सहभागीबीच झडप पनि भयो ।

ढुंगा लागेर एमाले कार्यकर्ताहरू लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन् । तनावग्रस्त क्षेत्र दुहबीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेबाट प्रतिनिधिसभामा भगवती चौधरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्की विजयी भएका हुन् । ४८ सालदेखि यो क्षेत्र विजयकुमार गच्छदारलाले जित्दै आएका थिए । याे पटक भने एमालेले  जित हासिल गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org