ताजा समाचार

भूमि आयोगले भन्यो- सुकुम्बासीलाई नहटाऊ

काठमाडौं । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसिरहेको ठाउँबाट नहटाउन राष्ट्रिय भूमि आयोगले आग्रह गरेको छ । आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै लगत संकलन र प्रमाणीकरणको काम सम्पन्न नहुन्जेल उनीहरुलाई नहटाउन भनेको छ । यस्तै सुकुम्बासीहरु असुरक्षित हुने कार्य नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीलाई हटाउने काठमाडौं महानगरपालिकाको कदमप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

यता, थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाले सरकारले आफूह्ररुको उचित बैकल्पिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले न्याय महसुस हुने खालको उचित बैकल्पिक व्यवस्था भएमात्रै बागमती किनारबाट हट्ने जनाउ दिएका हुन् ।

उनीहरुले न्याय महसुस हुने खालको उचित वैकल्पिक व्यवस्था नगरिकन दलबलसहित डोजर लिएर आए त्यसको परिणाम सम्वन्धित पक्षले नै भोग्नुपर्ने चेतावनी दिएका छन् । सरकारले कठोर निर्णय गरे बाँच्नका लागि आफूहरु पछि नहट्ने उनीहरु चेतावनी छ ।

केही दिनदेखि सुकुम्बासीलाई न्यायका लागि दबाब दिन अनसनमा बसेका संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका सल्लाहाकार दलमर्दन कामीले गरिब सुकुम्बासीले न्याय पाएको नबताएसम्म आफ्नो अनसन नतोडिने न्युज नेपाललाई प्रतिक्रिया दिएका छन् । थापाथलीस्थित बागमती नदी किनारमा हाल १५० घरको हाराहारीमा सुकुम्बासी छन् । यस बस्तीमा रहेका अधिकांशले ज्यामी काम गर्ने गरेको जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org