ताजा समाचार

समानुपातिकतर्फ दुवै संसदको मतगणना आज सकिने

काठमाडौं । गत म‌‌सिर ४ गते समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आजसम्ममा सकिने भएको छ । प्रत्यक्षतर्फ समानुपातिकतर्फको मतगणना भने सोमबार सकिएको छ । प्रतिनिधिसभामा समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको निर्वाचन आयोगको सूचनामा उल्लेख छ । समानुपातिक प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगले जनाएको छ ।

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्ने भएको छ । ।यसका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउने आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org