ताजा समाचार

एमालेले समानुपातिकतर्फ बन्दसूचीमा रहेकाबारे छलफल गर्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक आज (बुधबार) दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । केन्द्रीय सचिवालय बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

महासचिवको नेतृत्वमा रहने बैठकमा उपमहासचिव र सचिवहरु आबद्ध छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ । आज बस्ने बैठकमा चुनावी समीक्षाका साथै आगामी नयाँ सरकार गठनका सम्बन्धमा छलफल हुन बुझिएको छ । यस्तै समानुपातिकतर्फ बन्द सूचीमा रहेकाबारे पनि छलफल हुने बुझिएको छ। निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org