पुटिनले भने- परमाणु युद्धको जोखिम बढ्दैछ
मस्को । रुसका राष्टपति भ्लादिमिर पुटिनले परमाणु युद्धको जोखिम बढिरहेको बताएका छन् । तर उनले रुसले दिमागी सन्तुलन नगुमाएको र सुरुमा परमाणु अस्त्र प्रयोग नगर्ने जनाएका छन् । रुसी राष्ट्रपतिले आफ्नो देशले हमलाको जवाफमा मात्र आम विनाशकारी अस्त्र प्रयोग गर्नेमा जोड दिएका छन्।
रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै उनले युक्रेन युद्ध एउटा लामो प्रक्रिया हुनसक्ने बताएका छन् । पश्चिमा अधिकारीहरू पुटिनले युद्धको सुरुवातमा छिट्टै जित हुने सोचेको ठान्छन् । रुसले फेब्रुअरीमा युक्रेन अतिक्रमण थालेयता मस्कोको परमाणु अस्त्र प्रयोग गर्ने क्षमता बढ्दो रूपमा अनुसन्धानको विषय बनेको छ। जोखिम बढेको र त्यसलाई लुकाउनु ठीक नहुने उनले जनाए । तर उनले रुसले कसैलाई पनि परमाणु अस्त्रले नधम्क्याउने बताए।
पुटिनले रुससँग विश्वमै सबैभन्दा आधुनिक र परिष्कृत परमाणु अस्त्रहरू रहेको समेत दाबी गर्दै आफ्ना परमाणु रणनीतिलाई अमेरिकासँग तुलना गरे ।जस क्रममा पुटिनले अमेरिकाले आफ्ना परमाणु अस्त्रहरू अरूका भूभागमा समेत राखेको बताए । पुटिनले यसअघि रुसको परमाणु मान्यता परमाणु अस्त्रको रक्षात्मक प्रयोगका लागि मात्र स्वीकार्य हुनेमा जोड दिएका थिए । उनले युक्रेनमा उल्लेख्य नतिजा देखा परिसकेको बताएका छन् । जस क्रममा उनले युक्रेनका चारवटा क्षेत्रमा भएका अन्तर्राष्ट्रिय मान्यता नपाएका जनमत सङ्ग्रह उल्लेख गरे। ती जनमत सङ्ग्रहमार्फत् रुसले गैर कानुनी रूपमा ती भूभाग दाबी गरेको छ।
उनको दाबी अनुसार ती क्षेत्र गाभ्ने कामले दक्षिण पूर्वी युक्रेन र दक्षिण पश्चिमी रुस सीमा रहेको एजोभ समुद्र रुसको एउटा आन्तरिक समुह बने को दाबी गर्दै उनले त्यसलाई रुसका जार पिटर द ग्रेटको लक्ष्य रहेको बताएका थिए । राष्ट्रपति पुटिनले आफूलाई १७औँ र १८औँ शताब्दीका शासकसँग तुलना गरेका छन् । यद्यपि खेअरसन, जापोरिजा, लुहान्स्क र डोनेत्स्क क्षेत्रलाई नयाँ रुसी भूभागका रूपमा दाबी गरे तापनि मस्कोले ती कुनै क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण गर्दैन।
गत महिना रुसी फौज खेअरसन सहरबाट पछि हट्न बाध्य भएका थिए जुन उनीहरूले फेब्रुअरीयता कब्जा गरेको एकमात्र क्षेत्रिय राजधानी थियो।
रुसमा भने मानवअधिकार परिषद्सामु पुटिनको अतिक्रमणको कुनै सम्भावित आलोचनालाई रोकिएको छ। बुधवारसम्म चलेको बैठकमा युद्धबारे सन्देह राख्ने परिषद्का १० जना सदस्यलाई हटाएर उनीहरूका ठाउँमा युद्ध पक्षधरहरूलाई ल्याइएको थियो।- बीबीसी
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...